तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरिने: उपप्रम यादब

काठमाण्डौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनसंख्या र आर्थिक बृिद्धदरबीच सन्तुलन कायम गर्न दिर्घकालिन ठोस नीतिको आवश्यकता औल्याउनुभएको छ ।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा काठमाडांैमा आयोजित कार्यक्रममा मन्त्री यादवले देशको स्रोत साधनको समुचित प्रयोगले मात्र उचित लाभ लिन सकिने बताउनुहुंदै त्यसकालागि दिर्घकालिन नीतिको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले, सबैलाई आधारभुत स्वास्थ्य सेवाको सुनिश्चिता भएकोले प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरि औषधि र स्वास्थकर्मी परिचालका लागि पहल भईरहेको जानकारी दिनभयो ।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने निर्णय गरिएपछि जनसंख्या दिवसले ब्यापकता पाएको हो ।
तिव्ररुपमा जनसंख्या वृद्धि भई रहँदा जनसंख्या र वातावरण विच सन्तुलन कायम गर्दै जनसांंिख्यक लाभ लिनु अपरिहार्यता जस्तै वनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button