तपाईँ सुन्दै हुनुहुन्छः

सरकार निर्माण कम्पनी गठनको तयारीमा

काठमाण्डौ। विकास निर्माणमा भईरहेको ढिलासुस्तीको समस्या समाधान गर्नेगरी सरकारले आफ्नै निर्माण कम्पनी गठन गर्ने तयारी गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको विहिबार बससेको बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै यातायातमन्त्री महासेठले विकास निर्माण का आयोजनाहरुमा भैरहेका ढिलासुस्ती रोक्न सरकारले आफनै कम्पनी गठन गर्न लागेको बताउनुभयो ।
यातायातमन्त्री महासेठले आगामी आर्थिक वर्षभित्र सुन्दर र व्यवस्थित काठमाडौं उपत्यका बनाउन मन्त्रालयको तर्फबाट आवश्यक तयारी भैरहेको र कोटेश्वर लगायत उपत्यकाका आवश्यक स्थानहरुमा अण्डरपास र अण्डरवे निर्माणको प्रक्रिया अघि बढेको समितिलाई जानकारी दिनुभयो ।
यातायातमन्त्री महासेठले महाराजगञ्ज, गौशाला चाबहिल र थापाथलीको सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न अन्डरपास, फ्लाई ओभर वा के बनाउँदा ठीक हुन्छ भनेर अध्ययन भइरहेको जानकारी दिनुहुँदै कोटेश्वरमा ललितपुर, भक्तपुर र तीनकुनेगरी तीनैतर्फबाट आउने सवारी साधन निर्वाध रुपमा चल्न सक्ने गरी अन्डरपास बनाउने बताउनुभयो । उहाँले विद्युतिय सवारी सञ्चालन गर्ने विषय आगामी मन्त्रीपरिषद बैठकमा पेश गरिने पनि बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरु झलनाथ खनाल, टोपबहादुर रायमाझी, गणेश पहाडी, बहादुरसिंह लामा, रंगमति शाही, लगायतले विभिन्न स्थानमा सडकको दुरावस्थाका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या, विद्युतिय सवारीसाधन सन्चालन र स्मार्ट लाईसेन्स कार्ड प्रदानमा भैरहेको ढिलाईप्रति सरकारको ध्यानार्षण गराउनुभयो ।
समितिका सभापति कल्याणी खड्काले केहि समयअघिको अवस्था भन्दा सडकको अवस्थामा सुधार आएको तर अपेक्षित नतिजा आउन नसकेको बताउनुभयो । उहाले विद्युतिय सवारीसाधन सन्चालनमा भैरहेको ढिलाईप्रति सरकार गंभिर बन्नुपर्ने भन्नुहुँदै यसको सन्चालनमा कानुनी तथा व्यवहारिक समस्या भए समिति समाधान गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button