तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पाँच सय किसानलाई प्रोत्साहन अनुदान वितरण

जाजरकोट -प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकोट जिल्लाका पाँच सय किसानलाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेको छ । परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ सुन्तला उत्पादक किसानलाई अनुदान अर्न्तगत ७ लाख रुपैयाँ वितरण गरिएको जनाएको छ । ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई ५ सय देखि ९ हजारसम्म प्रोत्साहन रकम वितरण गरेको जोन प्रमुख वरिष्ठ कृषि अधिकृृत टंकप्रसाद रिजालले वताउनु भयो ।

त्यस्तै परियोजनाले सुन्तला खेती गरिरहेका किसानलाई २० लाख रुपैयाँमा कृषि औजार खरिद गरी वितरण गरेको छ । कृषकलाई पावर ट्रेलर ट्र्याक्टर, खाल्डा खन्ने मेसिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, र्भयाङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्प्रिंकलर लगायत कृषि औजार वितरण गरिएको हो ।

वितरण गरेका उपकरण विरुवा लगाउँदा देखि फल निकाल्दासम्म प्रयोगमा आउने छन । सुन्तलाको बगैंचा व्यवस्थापन, सिँचाइ, गोडमेल, खनजोत, खाल्डा खन्न, सुन्तला टिप्न र भण्डारण गर्न चाहिने सबै सामग्री किसानलाई उपलव्ध गराइएको हो । कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ लाई समेटेर २ वर्षअघि सरकारले सुन्तला जोन स्थापना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button