तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँदिल्ली पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा आजै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारततर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, मन्त्रीगण, सांसदहरु लगायतले बिदाई गर्नुभयो ।

भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुनुहुन्छ ।

प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button