तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयको अवस्था र योजनाका वारेमा सांसदहरुले उठाउनु भएको विषयहरुको जवाफ दिनु हुँदै खानेपानी तथा सरसफाई मन्त्री वीना मगरले आधारभुत खानेपानीको सुनिश्चतता गर्ने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिनुभयो ।

मन्त्री मगरले सविधानमा मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पुरयाउने र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले विभिन्न योजना वनाएको उल्लेख गर्नु भयो ।

बैठकमा सांसदहरुले खानेपानीका क्षेत्रमा वजेट भए पनि कार्यन्वयन फितलो हुदाँ स्वच्छ खानेपानी पुरयाउन नसकिएको, जनसंख्याका आधारमा खानेपानी वितरण भन्दा सवै नागरिकलाई खानेपानीको व्यवस्था गर्ने गरी नीति वनाउनुपर्ने, पहँुच र प्रभावका आधारमा खानेपानीका योजना वनाउन नहुने लगायतका विषय उठाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button