तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी समायोजनको बाँकी समस्या यसै महिना टुंगिने : मन्त्री पण्डित

काठमाण्डौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनको प्रक्रिया र समायोजनमा देखिएको समस्याको यसै महिनाभित्र टुङ्गो लगाईसक्ने बताउनुभएको छ ।
रिपोर्टस क्लव नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले कर्मचारी समायोजनमा पीडित कर्मचारीहरुको समस्या सम्वोधनका लागि समायोजन सहजीकरण गर्ने कानुनी व्यबस्था अनुसार आफ्नो घर पायक पर्ने गरी, महिलाहरुलाई प्राथमिकतामा राखेर मन्त्रालयले कर्मचारी समायोजनको गृहकार्य गरिरहेको बताउनुभयो ।
मन्त्री पण्डितले प्रशासन तर्फको कर्मचारी समायोजन कार्य टुङ्गो लागिसकेको र स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजन र स्थानीय तह, प्रदेश र संघीय तहमा अपुग कर्मचारीहरुको समायोजन र दरवन्दी यहि महिना भित्र खुलाईने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button