तपाईँ सुन्दै हुनुहुन्छः

बिस्फोटन पछि श्रीलङ्कामा सङ्कटकालको घोषणा

कोलम्बो । श्रीलङ्कामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सरकारले सङ्कटकालको घोषणा गरेको छ ।

राष्ट्रपति कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुने गरी सङ्कटकाल लागु गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जना भन्दा बढीको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो ।

राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गर्नुभएको सञ्चार विभागले जनाएको छ ।

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।

घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ ।

श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।

प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।

घटनामा परी भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button