तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमा तीन व्यवसायीको मृत्यु

पाँचथर। कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ ।

बुधवार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो ।

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृत्यु भएको हो । यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या रहेका उनको भेन्टिलेटर मा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button