तपाईँ सुन्दै हुनुहुन्छः

सिम्रौनगढमा १२ कोठे नगर स्तरीय अस्पताल निर्माण

बारा । बाराको सिम्रौनगढ नगरपालिकाले दुई करोडको लागतमा २ तल्लाको १२ कोठे नगर स्तरीय अस्पताल निर्माण गरेको छ । 


कोभिडको महामारीले सिम्रौनगढवासीलाई अस्पताल जुराइदिएको नगरप्रमुख विजय शंकर यादवले बताउनुभयो । नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र बाहेक एमबिबिएस सहित प्राविधिक र स्वास्थ्यकर्मी गरी २२ जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको उहाँले बताउनुभयो । 


अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र यादवका अनुसार स्तरीय प्रयोगशाला, डिजिटल अल्ट्रासाउन्ड, साधारण एक्स-रे, ईसीजी, ५ वटा मोनिट्रिङ मेसिनसहितको कक्ष व्यवस्था गरिएको छ । सर्प दंश र एन्टी रेबिज भ्याक्सिन, प्रसूति सेवा र अक्सिजनको व्यवस्था गरिएको छ । 
अस्पतालका सह–इन्चार्ज राजेन्द्र साहका अनुसार १५ बेडको अस्पताल सञ्चालनमा आएकोदेखि १२ सय बिरामीले उपचार गराएका छन् । दैनिक सय जनाको हाराहारीमा अस्पतालमा उपचार गराइरहेको साहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button