तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको हाे । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button