तपाईँ सुन्दै हुनुहुन्छः

चितुवा मृत अवस्थामा भेटियो

अछाम । अछामको ढकारी गाउँपालिका वडा नं १ को जाल्पा देवी सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको छ । गाउँपालिकाको वडा नं १ को जाल्पा देवी सामुदायिक वन भित्र चितुवा मृत अवस्थामा भेटिएको हो ।
वयस्क पोथी चितुवा मृत अवस्थामा सामुदायिक वन भित्र भेटिएको स्थानीय बासी नयाँराम भण्डारीले जानकारी दिनुभयो । मृत अवस्थामा भेटिएको चितुवा ५ फिट लम्बाइ, २ फिट उचाइ रहेको बताइएको छ । मृत अवस्थामा भेटिएको चितुवाको दाहिने तिरको ठुला दाँत नभएको इलाका वन कार्यालय ढकारीका वन रक्षक प्रकाश बुढाले बताउनुभयो ।
मृत अवस्थामा भेटिएको चितुवा के कति कारणले मरेको हो भन्ने कारण खुलिसकेको छैन । मृत अवस्थामा भेटिएको चितुवालाई इलाका प्रहरी चौकी ढकारीले जिम्मा लिएको प्रहरी चौकी ढकारीका इन्चार्ज लाल सिं विष्टले बताउनुभयो । मृत अवस्थामा भेटिएको चितुवालाई भोलि जिल्ला वन कार्यालय अछाममा पठाउने प्रहरी चौकी ढकारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button