तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा चौथो पटक थपियो निषेधाज्ञा, बैङ्क हप्ताको तीन दिन सञ्चालन हुने 

सल्यान । सल्यानमा चौथो पटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका सबै पालिकाहरूमा कोभिड–१९ को  संक्रमणदर र मृत्युदर अपेक्षाकृत रुपमा कमी नआएको भन्दै पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र सल्यानको मङ्गलवार बसेको बैठकले २७ गते बिहान १ बजेदेखि असार २ गते राती १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।
जिल्लामा रहेका बैङ्कहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी आइतबार, बुधवार र शुक्रवार बिहान १० देखि देखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्ने, सरकारी कार्यालय, बैङ्क, दूरसञ्चार प्रदायक संस्थाका सवारी साधनको हकमा बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको उनको भनाई छ ।
यस्तै सार्वजनिक एवं निजी सवारी सवारी साधन सञ्चालनका लागि २७ गते बिहान १ बजेदेखि असार २ गते राती १२ बजेसम्म जिल्लाभर रोक लगाउने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button