तपाईँ सुन्दै हुनुहुन्छः

आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं- आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू(भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राति देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button