तपाईँ सुन्दै हुनुहुन्छः

बिष हाली मार्ने ३ जना सार्वजनिक

डोल्पा । जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा बिष हालेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

त्रिपुरासुन्दी नगरपालिका वडा नं. १ का धनबहादुर बुढा, जयबहादुर कठायत र ओम बहादुर शाहीलाई प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बिष हालेको खाना खादा यही जेष्ठ २ गते त्रिपुरासुन्दरी नगरपालीका–१ का ३२ वर्षीय सुकलाल कुलालको मृत्यु हुनुका साथै उनकी श्रीमतीद्धय रुपसीकुलाल र बिन्दु कुलाल बिरामी परेका थिए ।

घटनाका विषयमा थप अनुुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रन्जीतकारले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button