तपाईँ सुन्दै हुनुहुन्छः

घरमा नै नमाज पढ्नका लागि मुस्लिम समुदायमा धनुषा प्रहरीको सूचना

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुलाई ईदुलफित्र (ईद) पर्वको नमाज घरमै पढ्न प्रहरीले आग्रह गरको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज सूचना जारी गरेर कोरोना संक्रमणको महामारीबाट बच्न सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरी ईदको नमाज मस्जिद, ईदगाहमा नगएर आ–आफ्नो घर भित्रै पढी ईद मनाउन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गरको छ ।

कोरोना भाइसको संक्रमणबाट वचनको लागि नेपाल सरकारबाट जारी भएको लक डाउन जारी नै रहेकाले ईदुलफित्र (ईद) पर्वको नमाज मस्जिद, ईदगाहमा नपढी आ आफ्नो घर भित्रै पढी पर्व मनाउनका लागि उत्प्रेरित गर्नका लागि मुस्लिम अगुवालाइ सहयोग एवं समन्व्यका लागि हार्दीक अनुरोध पछि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचनावाट ईदुलफित्र (ईद) पर्वका श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पिडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा छमाप्रार्थी रहेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button