तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रुपन्देहीका एक जना पुरुष र झापाका ८ जना पुरुषमा  कोरोना  संक्रमण पुष्टि भएको हो।

सङ्क्रमित हुनेहरुमा कचनकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button