तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नरैनापुर गाउँपालिकामा मात्रै ७३ संक्रमित, स्थानीय त्रसित

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा मात्रै ७३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

६ दिनको अवधिमा ७३ जनामा संक्रमण देखिएको र ती मध्ये एक जनाको मृत्यु समेत भएपछि स्थानीय त्रसित बनेका हुन् । गाउँपालिकाको वडा नम्बर ५ मा मात्रै ५३ जना संक्रमित भएका छन् ।

दुई साताको अवधिमा भारतको कोरोना अति प्रभावित क्षेत्र महाराष्ट्रबाट ८ सय बढी मानिस गाउँपालिकामा भित्रिएपछि जोखिम बढेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

यद्यपि उनीहरुलाई नेपाल भारत सीमा नाकाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

बाँकेमा मुलुकमै सबैभन्दा बढी ९९ जनामा कोरोना देखिएको छ । नेपालगन्जका २५ र खजुराका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबै उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button