तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

भद्रपुर, झापा । दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट कचनकवल–७ का अन्दाजी ८० वर्षीय वृखबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हिजो साँझ घर नजिकैको दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसअघि पनि कचनकवलमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button