तपाईँ सुन्दै हुनुहुन्छः

बाराका क्रियाशील ४३ पत्रकारको स्वाब सङकलन

बारा । बाराका क्रियाशील ४३ जना पत्रकारहरुको स्वाब सङकलन गरिएको छ ।

छिमेकी जिल्ला पर्सामा दुई जना पत्रकारमा कोरोना भाईरस देखिएपछि कलैया अस्पतालमा ४३ जना पत्रकारहरुको स्वाब सङकलन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बारा शाखार जिल्ला प्रशासन शाखाको समन्वयमा जिल्ला अस्पताल कलैयाले स्वाब संकलन गरेको थियो ।

बारा जिल्लामा कार्य क्षेत्र बनाई अग्रभागमा काम गर्ने र पर्सा जिल्लाको कार्यक्रममा सहभागी भएका पत्रकारहरुको स्वाब सङकलन गरिएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी दिनुभयो । पिसिआर पद्धतीबाट परिक्षण हुने स्बाबको नतिजा पर्सि आउने उपाध्यायले बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button