तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भेटिए फेरि कालाजारका बिरामी

बाजुरा । बाजुरामा थप कालाजारका बिरामी भेटिएका छन् । स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेमा कालाजार देखिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले वताउनु भएको छ ।

उपचारका लागि कोल्टि ल्याइएका योगेसलाई प्रयोगशाला परीक्षण बाट कालाजार पुष्टि भएको बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहीले वताउनु भयो । सोहि क्षेत्रमा केही दिन पहिला मात्र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा चेकजाँच गर्दा कालाजार देखा परेको थियो ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार सेवा नभएकाले बिरामीलाइ जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको छ। गएको बर्ष पनि बाजुरामा दुई जना कालाजारका बिरामी भेटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button