तपाईँ सुन्दै हुनुहुन्छः

बन्दा बन्दीमा कुखुरा पालनदेखि गाउँ सुधार अभियानमा युवा

जुम्ला । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण जुम्लाका यूवा कुखुरा पालनदेखि गाउँ सुधार अभियानमा जुटेका छन् ।

कोरोना त्रासका कारण भारत तथा तेस्रो मुलुकबाट फर्केका जुम्लाका यूवा उद्यमशीलतामा जुटेका हुन् ।

जारी लकडाउनलाई व्यवसायीक रुपमा सदुपयोग गर्दै गुठिचौर गाउँपालिका–५ का टपेन्द्र खत्रीले लोकल कुखुरा पालन शुरु गर्नुभएको छ ।

लकडाउनको समयलाई बेर्थै बिताउनुभन्दा केही व्यवसायीक बनाउने लक्ष्यका साथ उहाँले गाउँमै लोकल कुखुरा पालनको शुरुवात गर्नुभएको हो ।

उहाँले पौरखी हात कुखुरापालन फर्म सुर्खेतको सहयोग आफ्नै लगानीमा कुखुरा पालन शुरु गरेको बताउनुभयो । हाल एक लाखको लगानीबाट मात्रै कुखुरा पालन शुरु गरेको र लकडाउनपछि व्यवसायलाई ठुलो रुप दिने लक्ष्य राखेको खत्रीको भनाई छ ।

लकडाउनले बेफाइदा हैन्, मलाई कुखुरा पालक बनाएको छ । खत्रीले भन्नुभयो,“लकडाउन भनेकै आफु बच्ने अरुलाई बचाउने समय हो । तर बचेर पनि भविष्यका विषयमा धेरै गर्न सकिने समय भएकाले लकडाउनलाई आफुले एक अवसरका रुपमा लिएको छु ।”

लकडाउनले कसैलाई अल्छी बनाएको छ । कसैलाई उद्यमी व्यवसायी बनाएको छ । ती मध्ये टपेन्द्र खत्री एक हुन जसलाई लकडाउनले कुखुरा पालक व्यवसायी बनायो ।

एकतर्फ रोजगारी पनि सृजना हुने, अर्को तर्फ ग्राहकको आश्यकता पनि परिपुर्ति हुने । त्यसैले गाउँमै (साथी भाई फलफूल तथा पशुपन्छी फर्म) सञ्चालनमा ल्याएका उहाँले बताउनुभयो ।

“ निकट भविष्यमै हाँस, लौकाट, कडकनाथ जातको कुरा तथा माछा पालन गर्ने सोचमा छु । लकडाउनले व्यवसाय गर्ने सन्दर्भ जुराएपनि लकडाउनपछि पनि व्यवसायीक रुपमा अघि बढन्े उल्लेख उहाँले गर्नुभयो ।

यता सुर्खेतमा विगत ६ महिना अघिदेखि मात्रै पौरखी हात कुखुरापालन फर्म सञ्चालन गर्नुभएका यूवराज पाण्डे पनि व्यवसायीक बन्नुभएको छ । कोरोना भाइरसका कारण सबै यूवा घर फर्केका छन्, रोजगारी छैन् ।

यस्तो विषम परिस्थितीमा रोजीरोटी जुटोस् भन्नका लागि पनि कुखुरा पालन लागेको उहाँ बताउनुहुन्छ । साथै सुर्खेतमा समय अनुसार तरकारी उत्पादन गरी बजारमा समेत पठाउने गरिएको छ ।

अध्यायनले कृषि प्राविधि(जेटिए) पढेका यूवराजले लोकसेवा नखोलेका कारण जागिर नपाउँदा आफ्नै व्यवसाय सञ्चालन गर्न थाल्नुभएको हो । उहाँले भविष्यमा कर्णालीमा आवश्यक पर्ने कुखुरा आफ्नै फर्मबाट पुर्ति गर्ने लक्ष्य लिनुभएको छ ।

आफ्नो गाउँ आफै बनाउँदै युवा

कोरोनको त्रासले भारत तथा तेस्रो मुलुक र देशका विभिन्न जिल्लाबाट गत चैत पहिलो सातामै घर फर्किएका सिंजा गाउँपालिकाका यूवा गाउँ बनाउ अभियानमा जुटेका छन् ।

लकडाउनको समयमा सबै यूवाहरु मिलेर बिग्रे भत्केका गाउँका भौतिक संरचना बनाउने काम यूवाले गरिरहेको सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताउनुभयो । उहाँका अनुसार यही साता दर्जन बढी यूवाहरुले गाउँमा भत्किएको करिव पाँच मिटर कुलो पुर्ननिर्माण गरेका छन् ।

त्यस्तै, पुल पुलेसा बाटो घाटो सुधारलाई युवाले अघि बढाएका छन् । लकडाउनको समयमा सबै यूवा मिलेर गाउँको विकास तथा सुधारका लागि गरेको योगदानको पालिकाले कदर गर्ने अध्यक्ष रावलको भनाई छ ।

उहाँले कोरोनाले गाउँ भित्रिएका यूवा आफ्नो गाउँ आफै बनाउ भन्ने सोचका साथ सक्रियताका साथ लागि परेका छन् । यूवालाई अब राहतभन्दा रोजगारी दिने नीति आगामी आवमा ल्याइने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button