तपाईँ सुन्दै हुनुहुन्छः

धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बन्दै

मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बनिरहेको छ ।
वडालाई पर्यटकिय स्थलको रुपमा चिनाउँदै, आय आर्जन वृद्धि गर्ने उदेश्य सहित बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख वजेटबाट ३९ फिटको बुद्धमूर्ति बनिरहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो ।

२०७६ माघमा बाग्मती प्रदेशका उद्योग बन पर्यटन तथा वातावरण मन्त्रीले शिलान्यास गर्नुभएको बुद्धमूर्ति निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको रिसालले बताउनुभयो । बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधा सम्पन्न पार्क निर्माण गरिने वडाको योजना रहेको उहाँको भनाई छ ।

बुद्धमूर्ति निर्माण कार्यमा अहिले ९ जना भुटानी कालिगढ खटिरहेका छन् । आफ्नो चुनावी घोषणापत्र अनुसार बुद्धमूर्ति र पार्क निर्माणको कार्य भईरहेको उहाँले बताउनुभयो । ३९ फिटे बुद्धमूर्ति रहेको सो स्थानबाट चौतारा, नगरकोट र धुलिखेल देख्न सकिने अध्यक्ष रिसालले बताउनुभयो ।

आफ्नो आग्रहमा बाग्मती प्रदेश सरकारको उद्योग वन पर्यटन मन्त्रालयले वजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । बा्रह्मणको पहलमा बुद्धमूर्ति बनाउन पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । धर्म निरपेक्ष राष्ट्रमा उहाँले जात जाती र धर्मको नाममा विवाद हुनुहुँदैन भन्ने सन्देश दिन यो योजना अगाडि बढाइएकोे उहाँको भनाँई छ । २०७७ साल असार मसान्तसम्म बुद्धमूर्ति निर्माण कार्य सक्ने लक्ष्य लिईएको छ ।
बुद्धमूर्तिसँगै उक्त स्थानमा सुविधा सम्पन्न पार्क निर्माण गरिने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । पार्कमा हेलिप्याड, वनभोजस्थल, शिव मन्दिर, धारा बाथरुम,शौचालय रहने छ । पर्यटन मन्त्रीले शिलन्यासको क्रममा बुद्धमूर्तिसँगै पार्क निर्माण समपन्न गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएकाले काम समपन्न हुनेमा वडाबासी विश्वस्त रहेको अध्यक्ष रिसालको भनाई छ । त्यस्तै वडाले शेर्पा र गुरुङ बस्तीमा होमस्टे सञ्चालन गर्ने भएको छ । पर्यटन नै विकासको मुख्य आधारको रुपमा रहेकाले पर्यटनलाई वडाले जोड दिएको उहाँले बताउनु भयो । यस अघि वडाले घरघरमा गई विद्यार्थी भर्ना र पुस्तक वितरण कार्य पनि गरेको थियो ।

बुद्धमूर्ति र पार्क बन्ने भएपछि स्थानिय खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button