तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा प्रतिबन्धित लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध वालरेक्स र नाईट्रोभेट टयाबलेट भारतीय सोनवर्षा बजारबाट लिएर लुकिछिपी मलंगवातर्फ आउँदै गरेको अवस्थामा गए राति १०:०० बजे मलंगवा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २५ वर्षिय अर्जुन यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाले जनाएको छ ।

लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा मलंगवा नगरपालिका वडा नं. ९ बाट प्रतिबन्धित लागुऔषध वालरेक्स २५ थान र नाईट्रोभेट टयाबलेट ७५ पिससहित युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाका प्रमुख तथा प्रहरी निरिक्षक संजित सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवलाई गए राति नै आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button