तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

राजापुर – कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ । एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ ।

एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button