तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा स्वाब संकलन तिव्र

बीरगंज । वीरगंजमा आज थप एकसहित २९ जना कोरोना संक्रमित भेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र नारायणी अस्पतालको टोलीले छुट्टाछुटै स्वाब संकलन कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ ।

बीरगंजमा तीन दिन यता नौ सय ९७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन भएको र त्यस मध्यएक सय २१ जनाको रिपोर्ट आएकोमा आज थप १ जनामा कोरोनाको संक्रमण भेटिएको नारायणी अस्पतालले जनाएको छ ।

बीरगंज महानगरपालिकाको वडा नम्बर २, १६ र २८ मा आज नारायणी अस्पतालका चिकित्सकहरुको टोलीले स्वाब संकलन गरेको छ भने पर्साको जगरनाथपुर र छिपहरमाई गाउँपालिकामा नेपाली सेनाको चिकित्सक सहितको टोलीले पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

एकै परिवारका १७ जनालाई कोरोना संक्रमण देखिएपछि बिहिवार एक सय २१ को स्वाब संकलन गरिएको थियो भने शुक्रवार दुई सय ७६ जना र आज चार सय ५० जनाको स्वाब नेपाली सेना र नारायणी अस्पतालका चिकित्सक सहितको टोलीले संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको डा.उपाध्यायले बताउनुभयो ।

टोलीले आज संक्रमित देखिएका छपकैयाका एक व्यक्तिको सम्पर्क र भेटघाट भएका २८ जना व्यक्तिहरुको पहिचान गरि स्वाब संकलन गरेको समेत डा.उपाध्यायले बताउनुभयो ।

उहाँले वीरगंजमा कोरोना संक्रमण देखिएपछि हालसम्म झण्डै एक हजार सात सयको पिसिआर परिक्षण गरिएको र दुई हजार चार सय चार जनाको आरडिटी टेष्ट गरिएको जानकारी दिनुभयो ।

वीरगंजमा पिसिआर मेसिन जडान भए पनि स्वाब संकलन ठूलो परिणाममा भएको हुँदा परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने पर्ने बाध्यता रहेको छ ।

नारायणी अस्पताल बीरगंजले पर्सासँगै वारा, रौतहट र सर्लाही जिल्लाबाट आएको स्वाब परिक्षणका लागि टेकु पठाउने र संक्रमितलाई उपचारका लागि नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button