तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर दुईको मृत्यु

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ । घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो । शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button