तपाईँ सुन्दै हुनुहुन्छः

दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

काठमाडौँ । चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

यसैवीच अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौँ फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button