तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भिषण असिनापानी, पाक्न थालेको बाली सखाप

बाजुरा । बाजुरामा बुधवार दिउसो भिषण असिनापानी परेको छ । असिनापानिले लगाएको अन्नबालीमा क्षति पुर्याएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जा, तरकारी फलफुल लगायत हिउँदेबाली नै सखाप पारेको छ ।

आज दिउँसो परेको असिनाले बडीमालिका नगरपालिकाको गहुँ, जौ, काँक्रा, फर्सी, भान्टा लगायतका लहरेबालीमा ६० देखि ७० प्रतिसत क्षति भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाविन्द सिजापतिले जानकारी दिनुभएको छ ।

बाजुराका विभिन्न भागमा हप्तादिन यता निरन्तर असिनापानी परिरहेको छ । आज दिउँसो सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा असिना पर्दा खेतबारी सेताम्य भएका छन् ।

असिनाले सबै अन्नबाली सखाप पारेको बडिमालिका एकका प्रशान्तराज जोशीले बताउनुभयो । अन्नबाली सँगै लाखौं रुपैयाँका तरकारीमा पनि क्षति पुर्याएको छ । हिउदेबाली भित्र्याउने बेला असिनाले लिएपछि यहाँका किसानहरु चिन्तित भएका छन् ।

देशमा एकातिर कोरोनाका कारण लकडाउन हुँंदा खाद्यन्न संकट भएको छ । असिना अनिकालले बाली चुटेपछि थपसंकट भएको बडिमालिका सातका कृषक गोरख विष्टले बताउनुभएको छ ।

असिनाले सबै लगेपछि के खाने भन्ने चिन्ता भएको खप्तड छेडेदह गाउँपालिकाका कृषक मन रावतले दुखेसो ब्यक्त गर्नु भएको छ । घाम लागेपछि दुईतिन दिनमै गहुँ टिपेर सक्ने थियौ, असिनाले सबै गहुँ लगेको उनले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button