तपाईँ सुन्दै हुनुहुन्छः

बिरालो भनेर घरमा पाल्दा चरी बाघ

स्याङ्जा । स्याङजाको वालिङ नगरपालिका वडा नं १ रामबाच्छाको देविस्थान भन्ने स्थानमा भेटिएको हेर्दा बिरालो जस्तो देखिने चरी बाघ भएको पुष्टि भएको छ ।

त्यहाँका बालबालिकाहरुले जंगलमा खेल्ने क्रममा बिरालोको बच्चा भनेर खेलाउँदै घर ल्याएका थिए । बिरालो भन्दै पालन पोषण गर्दा बिस्तारै बाघको स्वाभाव देखिन थालेपछि स्थानीयले गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीलाई खबर गरेका थिए । रेग्मीले जिल्ला डिभिजन वन कार्यालय स्याङ्जालाई खबर गरेपछि चरी बाघ भएको पुिष्ट भएको हो ।

वन कार्यालयका प्रमुख कोमलराज काफ्लेलाई उक्त बिरालोजस्तो देखिने बाघको बच्चाको फोटो पठाइसकेपछि बाघ भएको पुिष्ट भएको हो । उक्त बाघ संरक्षित बन्यजन्तुको रुपमा लिइएको चरी बाघको बच्चा हो ।

अहिले यो बाघ डिभिजन बन कार्यलय स्याङजाको मातहतमा राखिएको छ ।  करिब एक महिनाको जत्रो देखिने बाघलाइ तत्कालै जंगलमा छाडे अन्य जन्तुले आक्रमण गर्ने भएकोले केही समय डिभिजन बन कार्यलय स्याङजाको मातहतमा राखिने प्रमुख काफ्लेले बताउनुभयो ।

अहिले उक्त बाघलाइ दुध र मासु दिएर पालिएको छ भने केही समयपछि डिभिजन कार्यलय पोखराको मातहतमा पोखराको पचभैवामा रहेको जनवार उद्दार केन्द्रमा लगिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button