२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : मन्त्री ढकाल   

रेडियो नेपाल २०७७ वैशाख १० गते १५:२०

काठमाडौँ – स्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उहाँले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताउनुभो ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाउनुभयो ।     रासस

सम्बन्धित

कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढ्यो

१५ मिनेट अगाडि रेडियो नेपाल

रोल्पामा १० दिन थपियो निषेधाज्ञा 

३५ मिनेट अगाडि घनश्याम के.सी

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

४२ मिनेट अगाडि अजय कुमार झा

राष्ट्रिय जनमोर्चाका सांसद थापा पदमुक्त

४७ मिनेट अगाडि माधव पराजुली