तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी कार्यालयको मुल गेटमा सेनिटाईजिङ बुथ स्थापना

सिकेन्द्र पासवान, बारा । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयको मुल गेटमा सेनिटाईजिङ बुथ स्थापना गरिएका छ ।

साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्रस्ट, सम्र्पण सेवा संस्था वीरगञ्जको सहयोगमा सो सेवा सुचारु गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय बारामा आउने जाने सेवाग्राही तथा प्रहरी कर्मचारीहरुलाई सेनिटाईज गर्नको लागि यो सेवाले निकै प्रभावकारी भुमिका खेल्ने उपरिक्षक पंगेनीले बताउनुभयो । दुखको घडीमा सहयोग गर्ने संस्थालाई धन्यवाद ज्ञापन समेत गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शेरवहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button