अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार
काठमाण्डौ । अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले जनाएको छ ।
सिरियाको सरकारी सञ्चारमाध्यम सानाका अनुसार अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिनाएको र बुधबार भएको सम्झौताले अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।
अमेरिका र टर्कीको यस सम्झौताले खतरा बढाउने तथा विश्वमा शान्ति र स्थिरतालाई खतरामा पार्नेलगायत सिरियाली द्वन्द्वबाट मुक्त हुन सम्पूर्ण प्रयासलाई कमजोर पार्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्