तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको डुडुवामा २२० जनाको निःशुल्क आँखा जाँचसरला सुवेदी

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ मा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २२० जनाको आँखा जाँच गरिएको छ।

भिजन आँखा अस्पताल नेपालगञ्ज, किभा फाउन्डेसन नेपालगञ्ज, र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक १ र २ गते हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ९० पुरुष र १३० महिला गरी कुल २२० जनाको आँखा जाँच भएको हो। शिविरमा ४७ जनामा मोतियाबिन्दुको समस्या पाइएको छ, जसमा २७ पुरुष र २० महिला रहेका छन्।

कार्यक्रम संयोजक बिज्रेश मिश्रका अनुसार, शिविरमा सामान्य आँखा समस्याबाट ग्रसित धेरै बिरामीले सेवा लिएका छन् ।

किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीका अनुसार, आँखाको समस्या भएका बिरामीहरूलाई शिविरमै औषधि प्रदान गरिएको छ, साथै चस्मा सहुलियत मूल्यमा उपलब्ध गराइएको छ। मोतियाबिन्दुदको अप्रेशन गराउनुपर्ने बिरामीहरूका लागि भिजन आँखा अस्पतालले ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ। शिविर बिहान १०ः३० बजे देखि ३ बजेसम्म सञ्चालन भएको थियो।

आगामी कात्तिक ४ गते अस्थाई स्वास्थ्य केन्द्र दलैपुरमा र कात्तिक ५ गते डुडुवा–५ कम्दी स्वास्थ्य केन्द्रमा पनि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिने तयारी भइरहेको कार्यक्रम संयोजक मिश्रले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button