तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक कार्यालय स्याङ्जाद्वारा दसैँको १५ दिनमा झण्डै २० लाख राजस्व सङ्कलन

स्याङ्जा । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दसैँको अवधि १५ दिनमा झण्डै २० लाख राजस्व सङ्कलन गरेको छ ।

असोज १७ गतेदेखि कार्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले १९ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले चाडपर्व विशेष अभियान अन्तर्गत दुर्घटना न्यूनीकरणका लागी थप तदारुकता अपनाएको थियो ।

चाडपर्वका बेला सार्वजनिक सवारीले सिट क्षमता भन्दा धेरै यात्रु सवार गराउँदा दुर्घटनाको जोखिम हुने भएकाले यो दशैँमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको थियो । यो १५ दिनको अवधिमा सिट क्षमता भन्दा धेरै यात्रु राख्ने सवारी सबैभन्दा धेरै कारबाहीमा परेका छन् । सिट क्षमता भन्दा धेरै यात्रु राख्ने २०० सवारी कारबाहीमा पर्दा झण्डै १६ लाख राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button