तपाईँ सुन्दै हुनुहुन्छः

‘अत्यधिक हरित गृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’

मुगु । सङ्घीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अत्यधिक हरित गृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनका लागी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९ औँ बैठकमा आवाज उठाउने बताउनुभएको छ ।

कोप—२९ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका बारे वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार मुगुको रारामा आयोजना गरिएको कार्यक्रममा मन्त्री शाहीले हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनका लागी अजरबैजानको राजधानी बाकुमा हुने कोप २९ औँ बैठकमा आवाज उठाउने बताउनुभयो ।

रारामा आयोजना गरिएको कोप—२९ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे कर्णालीका दशै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बुका जनप्रतिनिधि तथा अन्य सरोकारवाल निकायको सहभागी रहेको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो । 

कार्यक्रममा खुम्बु पासाङ लामा गाउँपालिका सोलुखुम्बुका उपाध्यक्ष टासी लामा सेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबै भन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताउनुभयो ।

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनका लागी स्थानीय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारले देशका सबै स्थानीय सरकारलाई सशर्त अनुदानमा एक/एक करोड बजेट विनियोजित गर्नुका साथै सङ्घीय जलवायु परिवर्तन ऐन समेत ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button