तपाईँ सुन्दै हुनुहुन्छः

एकता गोल्डकप भलिबलको उपाधि भण्डारी गाउँ युवा क्लबलाई

हुम्ला । हुम्लाको अदानचुलीमा आयोजित प्रथम एकता गोल्डकप भलिबल प्रतियोगिताको उपाधि भण्डारी गाउँ युवा क्लबले हात पारेको छ ।

फाइनल खेलमा सोरु ३ भिईको एम.भि.सि क्लबलाई ३–१ को सेटमा हराउँदै भण्डार गाउँले उपाधि जितेको हो । एम.भि.सिले सुरुको सेट २५–२० ले हात पारेको भएता पनि त्यस यताका ३ वटै सेट भण्डारी गाउँले हात पार्दा भिइको समूह फाइनलमा नपुगी हार बेहोर्नु पर्दा भिइको समूह दोस्रो स्थान भएको हो । त्यस यताका खेलहरूमा २५–१९, २५–१८ र २५–२२ को अन्तरमा भण्डारी गाउँले जित निकालेको थियो ।

विजेता भण्डारी गाउँले नगद ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको एम.भि.सि भिईले रु ४० हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा ताँजाकोटको टु ट्वाइन्टी सिक्सलाई पराजित गर्दै बुढागाउँ क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

अदानचुली ३ स्थित एकता युवा क्लबको आयोजनामा अदानचुलीमा ६ दिनसम्म चलेको प्रतियोगितामा पालिकासहित पालिका बाहिर र अन्तर जिल्ला गरी १८ वटा टिम सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button