तपाईँ सुन्दै हुनुहुन्छः

लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने

काठमाडौँ । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

सभापति लामिछानेलेलाई आज शनिवार सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने भएको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै हिजो साँझ काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा पुर्‍याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button