तपाईँ सुन्दै हुनुहुन्छः

‘साझा अधिकार कार्यान्वयनमा भइरहेको ढिलाइले काम गर्न चुनौती’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साझा अधिकार कार्यान्वयनमा भइरहेको ढिलाइले काम गर्न चुनौती देखिएको बताउनुभएको छ ।

धनगढीमा आज ६९ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रहरी समायोजन ऐन नआउँदा प्रदेश सरकारलाई आवश्यक काम कारबाही गर्न चुनौती थपिएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले सङ्घीयताको संस्थागत विकासका लागि सरकारले साझा तथा एकल अधिकार कार्यान्वयनको चरणमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । शान्ती सुरक्षा कायम राख्न प्रहरीले कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

समारोहमा प्रदेशका प्रमुख सचिव, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यस क्रममा मुख्यमन्त्री शाहले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button