तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेतमा 

सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आईपुग्नु भएको छ । राष्ट्रपति पौडेल बडिमालिका दर्शन तथा बाजुरास्थित नाट्यश्वरी मन्दिर उद्घाटन गर्ने कार्यक्रमका लागि आज सुर्खेत आईपुग्नु भएको हो । 

उहाँलाई सुर्खेत विमानस्थलमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गर्नु भएको थियो । 

राष्ट्रपति पौडेल आज राति सेनाको उत्तरपश्चिम हेडक्वार्टर सुर्खेतमा बास बस्ने नेपाली सेनाले जनाएको छ । उहाँको भोली बाजुरा जाने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button