तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गर्नु भएको छ ।

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दा समेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के जाँच गर्नुभएको हो ।

उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई गरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझ्नुपर्ने हुन्छ ।”

उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरूलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button