तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । बडा दशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले भक्तपुरमा रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गर्नुभएको हो । बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button