तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्त बहादुर ठोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

बिहान घाँस लिन गएका बेला हात्तीको आक्रमणबाट ठोकरको मृत्यु भएको हो । अबेरसम्म ठोकर घाँस लिएर घर नफर्किएपछि खोज्दै जाँदा ठोकर मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता सापकोटाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button