तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलियाका पूर्व क्रिकेटर हज सुदूरपश्चिम रोयल्सको मेन्टर नियुक्त

काठमाडौँ । नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिम रोयल्सले मेन्टर नियुक्त गरेको हो । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग समेत खेलेका छन् ।

हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताउनुभयो । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मङ्सिर १६ गतेदेखि एनपिएल सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button