तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

सल्यान । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई ३५ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

सल्यानको दार्मा गाउँपालिका ५ (साविक ढाकाडाम गाविस ५) का ७० वर्षीय गणेश बहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यान जिल्ला अदालत सल्यानबाट २०४६ पुस २३ गते फैसला भई हालसम्म फरार रहेका चन्दलाई घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । घरमा आएको सूचनाका आधारमा खोजतलास गर्दा सोमबार बिहान उनलाई पक्राउ गरिएको उहाँको भनाई छ ।

यस्तै ठगी मुद्दामा फरार अर्का एक अभियुक्त समेत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ का २८ वर्षीय गणेश बुढाथोकीलाई घरबाट पक्राउ गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । सल्यान जिल्ला अदालतले बुढाथोकीलाई २०८० असार २८ गते ठगी मुद्दामा फैसला सुनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button