तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : मन्त्री यादव

बीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

पर्साको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगंज महानगरपालिकाको वडा नम्बर २२ र २३ मा संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित विकास निर्माणको स्थलगत निरीक्षण तथा अनुगमनपछि आज आयोजित कार्यक्रममा मन्त्री यादवले तीनै तहकै सरकार जनताका आधारभूत माग पुरा गर्न जुट्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वीरगंज महानगरपालिका भित्र रहेर पनि वडा नम्बर २२ र २३ का जनताले आधारभूत सुविधा नपाएको हुँदा जनतालाई आधारभूत सुविधा उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री यादवले वीरगंज महानगरपालिका भित्र रहेका ग्रामीण वडालाई व्यवसायीक कृषि तथा पशु पालन, कुखुरा पालनतर्फ केन्द्रित गरी जनतालाई आयआर्जनको भरपर्दो व्यवस्था मिलाइने बताउनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरको एक्लो प्रयासले नगरबासीको चाहना अनुरुप काम गर्न अप्ठ्यारो रहेका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button