तपाईँ सुन्दै हुनुहुन्छः

असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका

गण्डकी । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि टीका लगाएका छन् ।

मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लगाएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिनुभयो ।

वृद्धाश्रमका ४७ जना ज्येष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित ज्येष्ठ नागरिक र बालबालिकाबीच पारिवारिक वातावरणमा दसैँ मनाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button