तपाईँ सुन्दै हुनुहुन्छः

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

काठमाडौँ । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ ।

दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो ।

हरेक वर्ष विजया दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button