तपाईँ सुन्दै हुनुहुन्छः

काभा यू–२० मेन्स भलिबल: नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोरेको छ ।

श्रीलङ्काको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल उपाधिबाट बिमुख भएको छ । फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो ।

पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो । दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button