तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु

रुकुमपूर्व । झोलुङ्गे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ ।

आज अपराह्न करिब ४ बजेतिर एक युवकले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।

पुलबाट हाम फाल्ने युवा मुसिकोट नगरपालिका– १ सल्लेका ३७ वर्षीय बुदिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

युवकले हातमा कोमल नामको ट्याटु हानेको र शव नजिकै रातो ज्याकेटमा बुदिराम बोहरा नाम भएको नागरिकता पनि फेला परेको प्रहरी निरीक्षक पाठकको बताउनुभयो ।

हाम फल्ने युवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button