तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा आज रावण बध गरिँदै

बाँके । नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सव अन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ ।

रामलिला नाटक प्रदर्शनीमा रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको ज्ञछठ औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने पत्रकार विनय पाठकले जानकारी दिनु भयो ।

भोलि भरत मिलाप र पर्सी शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ। रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारत समेत सर्वसाधारण आउने गरेको अधिवक्ता बिश्वजित तिवारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button